सिरहा सहितका जिल्लामा किसानहरुले निकाले गोरुगाडा जुलुस


जयनाथ यादव, लहान । सिरहा सदरमुकाममा आज जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत गोरुगाडा जुलुस प्रदर्शन गरेको छ ।

गाउँ गाउँबाट गोरुगाडा लिएर सिरहा सदरमुकाम आएका जनमतका कार्यकर्ता र किसानहरुले किसानको माग पुरा गर भन्दै प्रदर्शन गरेका हुन् । पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार आज गोरुगाडा जुलुस प्रदर्शन गरेको जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताए ।

आन्दोलन अन्तर्गत आज सप्तरी, धनुषा, महोत्तरी लगायतका तराई मधेसका जिल्लाहरुमा समेत किसानहरुले गोरुगाडा जुलुस प्रदर्शन गरेका छन् ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी विगत एक महिनादेखि आन्दोलित छ ।

प्रकाशित : २०७८ माघ १७, सोमबार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ