खाल्डोको पानीमा डुबेर यादवका ५ वर्षीय छोराको मृत्यू


बारा । धाराको पानी जम्मा गर्न खनेको खाल्डो डुबेर बारामा एक बालकको मृत्यु भएको छ।

जितपुर सिमरा उपमहानगरपालिका–१७ जैतापुर घर भएका रामाकान्त यादवका पाँच वर्षीय छोरा विवेक यादवको आइतबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ।

निजगढ नगरपालिका–७ लिचिटोलस्थित धाराको पानी जम्मा गर्न खनेको खाल्डो नजिक खेल्ने क्रममा अचानक उक्त खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशमा डुबेर वर्षेनी सैंयौ बालबालिकाको मृत्यू हुने गरेको प्रहरीको तथ्यांक छ ।

प्रकाशित : २०७८ माघ १७, सोमबार १७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ