सप्तरी : आगो लागेर साबुन उद्योग नष्ट, ५० लाखको क्षति


सप्तरी । सप्तरी सदरमुकाम राजविराजस्थित एक साबुन उद्योगमा आलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राजविराज ७ स्थित माँ छिन्नमस्ता साबुन उद्योगमा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट उद्योगमा तयारी अवस्थामा राखिएको १२ सय कार्टुन लुगा धुने साबुन र १ हजार बोरा तयारी सरफ जलेर नष्ट भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ १८, मंगलवार १८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ