सर्लाहीका सिडिओको चेतावनी- बिनाअनुमति व्यवसाय गरे कारबाही हुन्छ


सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालयले कानुनअनुसार अनुमति नलिई सञ्चालनमा रहेका व्यवसायका सञ्चालकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मंगलबार सूचना जारी गर्दै कानुनी प्रक्रियाका साथै आवश्यक मापदण्ड पूरा नै नगरी सञ्चालनमा रहेका हरेक किसिमका व्यवसायका सञ्चालकलाई कारबाही गर्ने जनाएका हुन् ।

बिनाअनुमति सञ्चालित विभिन्न व्यवसाय तथा उद्योग, अस्पताल, फार्मेसी, शैक्षिक संस्था, कोचिङ सेन्टरलगायतलाई छिट्टै कानुनबमोजिम स्वीकृति लिन सिडिओ गौतमले निर्देशन दिएका छन् ।

बजार अनुगमनका क्रममा बिनाअनुमति सञ्चालनमा रहेको पाइए कारबाही हुने प्रमुख जिल्ला अधिकारी गौतमले स्पष्ट पारेका छन् ।

प्रकाशित : २०७८ माघ १९, बुधबार ०६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ