आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा


काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै छन् । यस अवसरमा देशभर विशेष कार्यक्रम आयोजना गरिनेछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

सरकारले सोनाम ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । दुई दिन अगाडी नै बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित : २०७८ माघ १९, बुधबार ०६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ