मधेस : करिब ३ लाख नक्कली रुपैयाँ बोकेका साह पक्राउ


बारा । बारामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर २ स्थित हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा शस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पिपरियाका किशोरी साह रहेका छन् । ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा सवार साह लाई मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।

उनको साथबाट २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए । उनको साथबाट १२ हजार १४५ सक्कली रुपैयाँ समेत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २०७८ माघ १९, बुधबार ११:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ