दुवईबाट लुकाएर ल्याएको एक किलो बढी सुन दिसा गराएर निकालियो


काठमाडौं । दुवईबाट लुकाएर ल्याएको एक किलो एक सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

उनले सुन मलद्धारमा लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ । शौचालयमा दिसा गराएर सुन निकालिएको प्रहरीले जानकारी गराएको छ ।

स्रोतले दिएको जानकारीअनुसार एयर अरेबियाको जहाजबाट बुधबार आएका दावा छिरिङ शेर्पालाई सूचनाको आधारमा पक्राउ गरिएको थियो ।

प्रकाशित : २०७८ माघ १९, बुधबार १६:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ