भोलीदेखि राजमार्ग बन्द गर्ने किसानको उद्घोष, ठाउँ-ठाउँमा मशाल प्रदर्शन


जयनाथ यादव, लहान । किसान आन्दोलन अन्तर्गत जनमत पार्टीले भोलीदेखि पूर्व-पश्चिम राजमार्ग पूर्ण रुपमा बन्द गर्ने भएको छ ।

पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार भोलीदेखि राजमार्ग बन्द रहने भएकाले आज सिरहा सहितका जिल्लामा जनमतका कार्यकर्ताले मशाल जुलुस निकालेका हुन् । सिरहाको गोलबजारमा मशाल जुलुस निकालिएको छ ।

यस्तै सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लामा पनि राजमार्गमा मशाल जुलुस प्रदर्शन गरिएको छ । भोलीदेखि राजमार्गमै बस्ने, खाना पकाएर खाने र आवत जावत पूर्ण रुपमा बन्द गर्ने जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताए ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी विगत एक महिनादेखि आन्दोलित छ ।

प्रकाशित : २०७८ माघ १९, बुधबार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ