किसान आन्दोलन : राजमार्गमा बन्दको प्रभाव


जयनाथ यादव, जनकपुुरधाम । किसान आन्दोलन अन्तर्गत आजदेखि जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग बन्द गराएको छ । सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लामा बन्दको पूर्ण प्रभाव परेको हो ।

राजमार्गमा लोकल सवारी बाहेक लामो दुरीका सवारी साधन चलेका छैन । जनमतका कार्यकर्ता ठाउँ ठाउँमा राजमार्गमा बसेका छन् । किसानको माग सम्बोधन नभएपछि पुनः राजमार्ग बन्द गराउन बाध्य भएको जनमतका नेताहरु बताउँछन् ।

राजमार्गमा एम्बुलेन्स, स्कूल बस, प्रेस लगायतका अत्यावश्यक सवारीलाई भने सूचारु छन् । अन्य सवारी साधन पनि सूचारु गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । तर सुरक्षाकर्मीको प्रयास असफल देखिएको छ ।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ ।

प्रकाशित : २०७८ माघ २०, बिहीबार ०८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ