जनकपुरमा ग्याँस पसलमा चोरी


सिबेन्द्र रोहिता, जनकपुरधाम । जनकपुरधामको भानु चोक नजिकै सञ्चालित एक ग्याँस पसलमा चोरी भएको छ । रामसोगारथ पण्डितले सञ्चालन गर्दै आएको विजय जेनरल सप्लायर्स पसलमा चोरी भएको हो ।

प्रायः निकै व्यस्त रहेन उक्त चोकमा सञ्चालित उक्त पसलबाट पाण्डेले ग्याँसको सिलिण्डर तथा ग्याँससम्बन्धी उपकरण बिक्री गर्दै आइरहेका छन् । मंगलबार राति गोदामको ताल्चा फुटाएर ३ लाख बराबरको सामान चोरी भएको पण्डितले बताए ।

उनका अनुसार २२ थान ग्याँससहितको सिलिण्डर, १२ थान खाली सिलिण्डर, चुल्हो, लाइटर, बर्नटसहित अन्य उपकरणहरु चोरी भएको छ । यो चोकमा जनकपुरधाम उपमहानगरपालिकाले सीसीटीभी क्यामेरा जडान गरेको छ ।

तर सीसीटीभी क्यामेराले काम गर्न छाडेको स्थानीयहरु बताउँछन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जडान गरिएको क्यामेरा बिग्रेपनि मर्मत नगराउनु दुःखद् रहेको बताएका छन् ।

प्रकाशित : २०७८ माघ २०, बिहीबार ०८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ