कांग्रेससँग गठबन्धन टुटे एमालेसँग चुनावी तालमेल हुनसक्छ : झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेससँग गठबन्धन टुटेमा नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने बताएका छन् ।

गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर गर्दै वरिष्ठ नेता खनालले केहि गरी कांग्रेससँगको सम्बन्ध टुटेमा अरु विकल्पमा जाने बताएका हुन् ।

ईमेज च्यानलको कार्यक्रम हट सीटसँग कुरा गर्दै नेता खनालले अहिलेकै अवस्थामा एमसीसी पारित नहुने र यसैका कारण गठबन्धन नटुट्ने दावी गरे । एमसीसीलाई आउँदो चुनावपछि मात्रै संसदमै लैजाने विषयमा गठबन्धन दलबीच सहमति बनेको उनको भनाइ थियो ।

पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एमसीसीसम्बन्धी आठ वटा डकुमेन्ट लुकाएको आरोप लगाउँदै उनले ती डकुमेन्ट गम्भीर भएकाले आफूहरू झन् संवेदनशील बनेको पनि बताए । एमसीसी पारित नभए पनि गठबन्धन कायम रहने दावी गर्नुभएका नेता खनालले देउवा र ओलीबीच मिलन हुनै नसक्ने दावी गरे ।

एमसीसी अमेरिकाको एशिया प्रशान्त रणनीतिकै अंग भएको दावी गर्दै उनले यसलाई चिनियाँ परियोजना बीआरआईसँग तुलना गर्न नमिल्ने पनि बताएका छन् ।

प्रकाशित : २०७८ माघ २०, बिहीबार १५:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ