राजमार्ग बन्द गराउने सिके राउतका ८ कार्यकर्ता पक्राउ


जनकपुरधाम । किसान आन्दोलन अन्तर्गत राजमार्ग बन्द गराउन सडकमा उत्रेका जनमत पार्टी कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

प्रहरीले महोत्तरीका ६ जना र सिरहामा २ जना नेता कार्यकर्तालाई पक्राउ गरेको बुझिएको छ । पूर्वपश्चिम राजमार्ग बन्द गराउने क्रममा बर्दिबासबाट जनमत पार्टीका ६ जना पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ पर्नेमा जनमत पार्टीका महोत्तरी उपाध्यक्ष मकसुधन महतोसहित ६ जना छन् । इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाका अनुसार पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास ६ का विनोदकुमार महतो, बलवा नगरपालिका ६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका १ का वडाध्यक्ष वीरेन्द्र महतो पनि छन् ।

यस्तै सिरहाको गोलबजारबाट दुई जना जनमत पार्टीका बन्दकर्तालाई प्रहरीले नियन्त्रण लिएको छ । किसानको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै जनमत पार्टीले राजमार्ग बन्द गराएको छ । प्रहरीले भने स्कटिंग गरेर सवारी साधनलाई गन्तव्यमा पुर्याइरहेका छन् ।

प्रकाशित : २०७८ माघ २०, बिहीबार १५:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ