सिरहामा जनमत पार्टीका १३ कार्यकर्ता पक्राउ


जनकपुरधाम । सिरहामा सवारी साधन तोडफोड गरेको आरोपमा जनमत पार्टीका १३ जना नेता कार्यकर्ता परेका छन् ।

आज बिहानदेखि डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी सवारी साधन तोफोड तथा ढुंगामुढा गरिरहेका छन् । सोही क्रममा १३ जनालाई पक्राउ गरिएको सिराहाका प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार उनीहरूले मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख १७९८ नम्बरको तेल ट्याङ्करमा तोडफोड गरेका थिए । सिरहाको नरहा गाउँपालिका–३, नयाँ चोहर्वामा ट्याङ्करमा ढुंगामुढा गर्दा गाडीको अगाडिको सिसा फुटेको छ ।

तोडफोड गरेर भाग्ने क्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको थियो । अहिले सवारी साधन सञ्चालनमा आएको उनले बताए । तर राजमार्ग क्षेत्रमा अवरोध भने कायमै देखिएको छ ।

प्रकाशित : २०७८ माघ २०, बिहीबार १७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ