नेपालमा कोरोनाः २४ घण्टामै १४ जनाको मृत्यू


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यू भएको छ । यसको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

नेपालमा कोरोनाको सङ्क्रमणबाट ११ हजार ७७८ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिडबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख ८७ हजार ४४३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २९६ पुगेको छ ।

प्रकाशित : २०७८ माघ २०, बिहीबार १७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ