Breaking- राजमार्ग केन्द्रीत किसान आन्दोलन स्थगित


जनकपुरधाम । जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत गरेको पूर्वपश्चिम राजमार्ग बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ती जारी गरेर आँधीबेरी, असिना र वर्षासहित मौसम अंतिप्रतिकूल हुनआएकाले तत्काल राजमार्ग केन्द्रीत आन्दोलनको कार्यक्रम स्थगित गरेको जानकारी गराए । उनले राजमार्ग केन्द्रित कार्यक्रमको सट्टा मौसमले साथ दिएअनुसार स्थानीय पालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्न नेता कार्यकर्तासँग अनुरोध गरेका छन् ।

किसानहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्न कार्यकर्तालाई अनुरोध विज्ञप्तीमार्फत गरिएको छ । मौसममा सुधार भएपछि २०७८ फाल्गुण १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने पनि विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : २०७८ माघ २१, शुक्रबार १२:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ