नेपाल : बेहुली चढेको जिप दुर्घटना, ६ जनाकाे मृत्यु, ७ जना गम्भीर


दाङ । प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि ६ जनाकाे मृत्यु भएकाे छ ।

उक्त दुर्घटनामा बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन् । नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्‍याइएको छ। बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको थियो ।

जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियाे । रातीको समय भएकाले विस्तृत विवरण आइनसकेको थापाले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

प्रकाशित : २०७८ माघ २२, शनिबार ०७:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ