मधेसमा हावाहुरी : मृतक परिवारलाई राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवारलाई राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा मधेसका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री खाँणले निर्देशन दिएका हुन् ।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा रुखको हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको थियो । यस्तै रौतहटमा एक महिलाको मृत्यू भएको थियो ।

गृहमन्त्री खाँणले उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबम् राहत उपलब्ध गराउन पनि निर्देशन दिएका छन् ।

प्रकाशित : २०७८ माघ २२, शनिबार १३:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ