जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा पार्न मधेसी आयोगको माग


काठमाडाैं । मधेशी आयोगले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई प्रेम आलेलाई आग्रह गरेको छ ।

आइतबार मन्त्री आलेलाई एक पत्र लेख्दै आयोगले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा त्यस क्षेत्रको धार्मिक, सामाजिक तथा पर्यटकीय गरिमा बढ्ने उल्लेख गरेका छन् ।

पत्रमा उनले भेनका छन्, ‘राजा जनकको दरबार र माता जानकीको जन्मभूमि रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन महत्वपूर्ण रहेको र सो गर्दा त्यस क्षेत्रको धार्मिक, सामाजिक तथा पर्यटकीय गरिमा झन बढ्ने भएकाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्दछु ।’

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका बेला उमाशंकर अरगरियाले पनि जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्ने प्रयास गरेका थिए ।

प्रकाशित : २०७८ माघ २३, आईतवार १८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ