लहान : आमाको स्मृतिमा बुवासंग मिलेर छोराले विपन्नलाई बाँडे कम्मल


धर्मेन्द्र पासवान, लहान
महेश चौधरी र स्वर्गीय संगिता कर्मचार्यलाई मस जोडीको रुपमा चिनिएको थियो । उनीहरू दुबैजना (मस) दम्पति कोरोना महामारीको पहिलो लहर सुरु भएसंहै बेला नेपालमा लकडाउन भएको बेलादेखि नै आफ्नै निजी बलबुत्तामा नै विपन्न, असहाय, गरिब, दलित, अपांग र एकल महिलाहरुलाई राहत स्वरुप खाद्य सामाग्री बाँड्न सुरु गरेका थिए ।

तर भने तिनै मस जोडीको स भनेको संगिता कर्मचार्यलाई भने कोरोनाले जेष्ठ २२ टपक्क टिपेर लग्यो । जसको स्मृतिमा उनकै नामबाट संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा निरन्तर आफ्नै बलबुत्तामा केही न केही बाँड्दै आएका छन् ।

बैशाख २८ गते आमाको मुख हेर्ने दिन लहान नगरपालिका १३ नं वडाका मागेर खाने र एकल भएर सानो तिनो चियापसल गर्ने २१ जना महिलाहरुलाई श्रीमान श्रीमती मिलेर नै साडी बाँडेको थियो, त्यही दिन देखि नै महेशकी श्रीमती संगिता बिरामी भएकी थिइन् । राहत वितरण गर्ने बेलामा कोबाट कसरी कोरोना सर्‍यो भने थाहै नपाइ उपचारको क्रममा संगिता कर्माचार्यको मृत्यु २०७८ जेष्ठ २२ झापाको एक अस्पतालमा भएको थियो ।

सिरहाको लहान नगरपालिका निवासी समाजसेवी महेशको चौधरीको श्रीमतीको देहावसान २०७८ जेष्ठ २२ गतेमा भएकोले श्रीमती संगिता कर्माचार्यको नामबाट प्रत्येक महिनाको २२ गते थोरै भएपनि केही न केही बाँड्ने घोषणा गरि, राहत वितरण कार्यलाई भने निरन्तरता दिंदै आएको छ ।

सोही क्रममा माघ २२ गते सिरहाको लहान नगरपालिका वडा नं ४, ११, १९ र २२ का १ सय घरपरिवारलाई चौधरीको छोरा अभिषेक अग्रवालले बुवा महेशसंगै कम्मल बाँडेका छन् । नेपाली कांग्रेसका क्षेत्र नं १ का क्षेत्रिय सभापति समेत रहेका चौधरीले लक्षितवर्ग समुदाय अन्तर्गत विपन्न परिवारहरुको घरमा गएर कम्म्ल बाँडेका छन् ।

मधेशमा बढिरहेको शितलहर र जाडोको कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् नमरुन् भनेर एकल महिला, जेष्ठ नागरिक, अति अशक्त, दलित , गरिब परिवारहरुलाई राहत स्वरुप उक्त सामग्री सहयोग गरेको स्वर्गीय संगिता कर्माचार्यको जेठो छोरा अग्रवालले बताएका छन् ।

अग्रवाल अस्ट्रेलियाबाट केहि दिनकालागि नेपाल आएका छन् । मातापिताको समाजसेवी भावनाबाट नै प्रेरित भएर अग्रवालले पनि समाजसेवा गर्ने धारणा बनाएका छन् । उनी भने अध्ययनको शिलशिलामा उनि अष्ट्रेलियामा बस्छन् । राहत बाँड्दाबाँड्दै श्रीमतीको निधन भएपछि समाजसेवी चौधरीले आफु बाचुन्जेल श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गते बिपन्न बस्तीहरुमा राहत बाँड्ने घोषणा गरेका थिए ।

उक्त घोषणालाई पुरा गर्न महिनाको २२ गते गते समाजसेवी चौधरीले राहत बाँडदै आईरहेको छ । यो वर्ष भने समाजसेवी चौधरीले जाडोमा करिब ५ सय जनालाई कम्मल बाँडिसकेको बताए ।कम्मल बाँड्ने क्रममा समाजसेवी चौधरी र उनका छोरा अग्रवाललाई खादा र फूलमालाले लहान नगरपालिका १९ का स्थानीयहरुले स्वागत र सम्मान गरेका थिए ।

प्रकाशित : २०७८ माघ २४, सोमबार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ