अब गाँजा खेती गर्न दिने ! यस्तो छ सरकारको तयारी


काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ ।

मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ ।

‘उनीहरुलाई कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले बोल्छ’ पोखरेलले भने, ‘पहिले पनि औषधीय प्रयोजनका लागि यो प्रयोग भइरहेको थियो होला तर कुनै अनुगमन हुँदैन्थ्यो । अब यसलाई कानूनको दायरामा ल्याउन खोजिएको हो ।’

औषधीय प्रयोजनका लागि गाँजालाई प्रयोग गर्न मिल्ने विषयमा लागूऔ षध ऐनले पनि बोलेको बनाउँदै उनी भन्छन्, ‘तर विस्तृत व्यवस्था थिएन, त्यसलाई कार्यविधिमार्फत समेट्दैछौं ।’

गाँजामाथि प्रति बन्ध फुकुवा हुनुपर्ने भन्दै सांसद शेरबहादुर तामाङलगायतले पैरवी गरिरहेका छन् ।

प्रकाशित : २०७८ माघ २४, सोमबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ