विश्वका धनीको सूचीमा उक्लिए विनोद चौधरी, कति छ सम्पत्ति ?


काठमाडौं । नेपाली धनाढ्य विनोद चौधरी फोर्ब्स अर्बपति सूचीमा चार स्थान माथि उक्लिएका छन् ।

फोर्ब्स रियल टाइम आँकडाअनुसार सन् २०२१ मा २१४१ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ मा २१३७ मा स्थानमा उक्लिएका हुन् । तर, उनको सम्पत्ति चाहिँ स्थिर देखिएको छ । रियल टाइम आँकडा चाहिँ थपघट भैरहन्छ ।

फोर्ब्सका अनुसार चौधरीको कूल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर छ । फोर्ब्सले चौधरीको सम्पत्तिमा वृद्धि भएको संकेतस्वरुप ‘ग्रीन सिग्नल’ समेत देखाएको छ । ६६ वर्षिय चौधरीको सम्पत्तिको स्रोतलाई फोर्ब्सले ‘विविधकरण’ भने उल्लेख गरेको छ ।

चौधरी सीजी कर्प, नाबिल बैंक, सीजी फुड र वाइ वाइ उत्पादन कम्पनीका मालिक हुन् । साथै, उनी सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा समेत निर्वाचित भएका छन् ।

प्रकाशित : २०७८ माघ २५, मंगलवार १७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ