स्रोत खुलाउन नसक्दा ७० लाख रुपैयाँसहित यी युवक पक्राउ


जनकपुरधाम । प्रहरीले स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको विशेष टोलीले यूवकलाई मंगलबार बालाजु बाइपासबाट पक्राउ गरेको कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २९ वर्षीय नवराज ढुंगाना छन् । ढुंगानाले हुण्डीको रकम बोकेर हिँडेको पाइएको छ ।

प्रहरीको अनुसन्धानबाट उनलाई जापान बस्ने एक युवकले रकम दिन भनेका थिए भन्ने कुरा खुलेको छ । ढुंगानामाथि थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइएको छ । बालाजुले राजश्व अनुसन्धान विभाग पठाउने छ ।

प्रकाशित : २०७८ माघ २५, मंगलवार १७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ