मधेश प्रदेशमा वैशाख ३० गतेको निर्वाचन मान्दैनौँ : सोनल


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने बताएको छ ।

मधेश प्रदेशमा २०७४ साल असोज २ गते निर्वाचन भएको भन्दै लोसपा मधेस प्रदेशका अध्यक्षका अध्यक्ष एवं साँसद जितेन्द्र सोनलले विज्ञप्ती जारी गरेर वैशाखमा चुनाव गर्दा जनप्रतिनिधिको संवैधानिक हक हनन् हुने भन्दै लोसपाले वैशाख ३० को निर्वाचन नमान्ने चेतावनी दिएका छन् ।

उनले कुनै निर्वाचित प्रतिनिधिको विना कारण एक दिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने भन्दै निर्वाचन आयोग र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : २०७८ माघ २६, बुधबार १९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ