Breaking- मधेस : बच्चा चोरेर भाग्दै गर्दा २ महिला पक्राउ


सिबेन्द्र रोहिता, जनकपुरधाम । जनकपुरबाट बच्चा चोरेर भाग्दै गर्दा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ६ का मो. अमिर राइनका ७ महिने छोरा मो. अखतर राइनलाई चोरी गरेर भाग्ने क्रममा दुई महिला पक्राउ परेकी हुन् । पक्राउ पर्ने महिलाको पहिचान प्रहरीले खुलाएको छैन ।

जनकपुरको रेल्वे स्टेशन नजिक रहेको वडा प्रहरी कार्यालयको टोलीले बच्चा चोरेर भाग्ने महिलालाई पक्राउ गरेका छन् । प्रहरी इन्चार्ज मोहित यादवले पक्राउ परेकी महिलालाई आवश्यक कारबाहीका लागि जिल्लामा बुझाएको जानकारी दिए ।

उनका अनुसार बच्चा सकुशल छन् । यो घटनाले जनकपुरमा बच्चा चोरीमा महिलाहरु संलग्न रहेको देखाएको छ । यसअघि पटक पटक बच्चा चोरहरु जनकपुरमा सक्रिय रहेको हल्ला चलेपनि कोही पक्राउ परेका थिएनन् । तल भिडियो हेर्नुस् :

प्रकाशित : २०७८ माघ २७, बिहीबार ११:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ