मधेस : उल्टो पैदल यात्रीलाई जागरण अभियानको स्वागत


सप्तरी । उल्टो पैदल यात्री ऋषि परियारलाई राष्ट्रिय दलित मुक्ति जागरण अभियानले स्वागत गरेका छन् ।

सप्तरीको खड्क नगरपालिका कल्याणपुर विष्णपुर बजारमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी इन्चार्ज राजेश विद्रोही र सप्तरी खड्क नगरपालिक अध्यक्ष गंगा सदा लगायतका टोलीले उल्टो पैदल यात्री ऋषि परियारलाई फूलमाला अविरल लगाएर स्वागत गरेका छन् ।

परियार पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको यात्रा गरेको आज १२ अौं दिन सप्तरीको खड्क नगरपालिका ५, अमहाको मुसहर वस्तीमा बास बस्ने स्थानीय सलिता सदाले जानकारी दिए ।
उनी आज लहानमा बास बसेका छन् ।

बाटोभरी सर्वसाधारणले टिकट बनाउने र फोटो खिचाउने तथा स्वागत सत्कारले दिनमा १०/१५ किमि मात्र हिंड्न सकिरहेको परियारले बताए । उनले भने- स्वास्थ्यको लागि उल्टो पैदल यात्रा हो ।

प्रकाशित : २०७८ माघ २७, बिहीबार १२:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ