महोत्तरी वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका ५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पोखरी ठेक्काबापतको रकम राज्यलाई नबुझाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

यादवसँग ३५ लाख २१ हजार २ सय ४ रूपैयाँको बिगो दाबी गरिएको छ । साबिक सहोडवा गाविस ६ मा पर्ने सुब्बा पोखरी गाविसले शम्भुलाई २०७१ भदौदेखि २०७६ भदौ मसान्तसम्म ठेक्कामा लगाएको थियो ।

उक्त क्षेत्र हाल पिपरा गाउँपालिका ५ मा पर्छ । शम्भुले २०७३ माघ ४ गतेसम्म १९ लाख ४२ हजार ८ सय १ रुपैयाँ भुक्तान गरेपनि त्यसपछि बाँकी रकम नतिरेको दाबी अख्तियारको छ ।

प्रकाशित : २०७८ माघ २७, बिहीबार १४:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ