मधेश सरकारले ‘जनयुद्ध दिवस’ पनि मनाउने


जनकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ ।

विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेश बलिदानी दिवसको रूपमा मनाउँदै आएको मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस पनि मनाउने निर्णय गरेको हो । शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने प्रदेश सरकारले जनाएको छ ।

पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।

शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने उनले बताए ।

प्रकाशित : २०७८ माघ २७, बिहीबार १८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ