जनकपुर- जयनगर रेल चलाउन २१ करोड


जनकपुरधाम । संघीय सरकारले जनकपुर –जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ ।

नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर –जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१ करोड रुपियाँको स्रोत सुनिश्चितता दिएको जानकारी दिए ।

उनले भने, ‘गत वर्ष नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपियाँ दिने निर्णय गरेको थियो । त्यस बेलादेखि नै कम्पनीले अर्थ मन्त्रालयसँग सो र कम माग गर्दै आएकोमा अहिले मन्त्रालयले २१ करोड रुपियाँ दिने प्रतिबद्धता गरेको हो ।’

उनले सो रेल सेवा एक वर्षसम्म सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीको कण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपालले करिब ३५ करोड रुपियाँ तिर्नुपर्ने जानकारी दिए ।

उनले अहिले स्रोत सुनिश्चित भएको र कममध्ये केही सो कम्पनीलाई भुक्तानी गरे र तत्काल काम अगाडि बढाइने स्पष्ट पारेका छन् ।

प्रकाशित : २०७८ माघ २८, शुक्रबार ०७:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ