जनकपुरमा माछाले मसाज गराउने केन्द्र स्थापना


जनकपुरधाम । जनकपुरधाममा माछाद्वारा मसाज गर्ने केन्द्रको स्थापना गरिएको छ ।

‘स्माईली फिस मसाज’नामक केन्द्रमा माछाले हात र खुट्टाको मसाज सेवा प्रदान गरिनेछ । बिहीबार नेपाल स्काउटका पूर्व प्रमुख चन्दन कौसिकले त्यस केन्द्रको शुभारम्भ गर्दै यसबाट जनकपुरधामवासीले नयाँ प्रकारको अनुभूति गर्ने विश्वास व्यक्त गरे ।

सञ्चालक सुन्दर साहका अनुसार ‘स्माईली फिस मसाज’केन्द्रमा माछाले मसाज गर्ने प्रविधि भारतबाट आयात गरिएको छ ।

प्रकाशित : २०७८ माघ २८, शुक्रबार ०७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ