बालकुमारी मन्दिरबाट हराएकाे मूर्ति भेटियाे


काठमाण्डाैं । ‍ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट हराएकाे मूर्ति भेटिएकाे छ ।

मन्दिरबाट गएकाे माघ ९ गतेदेखि हराएकाे बालकुमारी माईको मूर्ति फेला परेकाे हाे । बालकुमारी माईको मूर्ति हात्तीवनको कात्तिक तार, सशस्त्र प्रहरी क्याम्प, क्लासिक टावरसँगै भेटिएको प्रदेश सांसद राजकाजी महर्जनले बताए ।

आज बिहान स्थानीयले क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

मूर्ति भेटिएपछि प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल लगायत हात्तीवन पुग्नुभएको थियो ।

प्रकाशित : २०७८ माघ २८, शुक्रबार १०:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ