देश विरोधीलाई अब सरकारमा ‘नो इन्ट्री’ :ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनपछि देश विरोधी तत्वहरुलाई सरकारमा पस्न नदिने दाबी गरेका छन् ।

आज एमालेको सातै प्रदेशमा आयोजना हुन लागेको स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कुनै पनि देश विरोधी, पार्टी विरोधी, आन्दोलन विरोधीसँग हाम्रो चुनावी तालमेल नहुने बताउँदै एमाले एक्लै चुनाव लड्ने र एक्लै जित्ने योजनामा रहेको उनको भनाइ छ।

‘लोकतन्त्रको सुदृढिकरण, संविधानको कार्यान्वयनका लागि एमालेले जित्नुपर्छ,’ उनले भने, ‘एमालेको शान, मानका लागि होइन देशका लागि जित्नुपर्छ ।’

उनले सबै कार्यकर्तालाई एमालेले तालमेल गर्ने कुरा कतै सुनेमा त्यो भ्रम मात्रै सोच्न आग्रह गरे । ‘आफूप्रति जनताको विश्वास छ भन्नेमा ढुक्क छौं’ उनले भने, ‘एमालेले राष्ट्र, राष्टियताका काम गरेको छ ।’

यो सरकारले एक सय दिनको बुकलेट निकालेकोप्रति व्यंग्य गर्दे उनले भने, ‘८८ दिन त सरकार बनेकै थिएन, १२ दिनमा के के काम भयो तपाईंहरु आफै बुझ्नुस् ।’ सरकारले लिम्पियाधुरासहितको चुच्ने नक्सा प्रयोग नगरेकोसमेत उनको आरोप थियो ।

‘यो कतिसम्मको राष्ट्रियताप्रतिको बेइमानी, विदेश भक्ति हो,’ उनले भने, ‘यो काम संविधानको बर्खिलाप र भौगोलिक अवस्थाकोे विरोध रहेको छ ।’

प्रकाशित : २०७८ माघ २८, शुक्रबार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ