मधेस प्रदेशभर फागुन १ गते सार्वजनिक विदा


जनकपुरधाम । तत्कालीन माओवादीले हिं सात्मक संघर्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ ।

पहिलोपटक प्रदेश सरकारले फागुन १ लाई ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक विदासमेत दिएको छ । प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले आज सुचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने बताएका छन् ।

माओवादीकै तर्फबाट साह मन्त्री बनेका हुन् । अहिलेसम्म संघीय सरकार वा कुनै पनि प्रदेश सरकारले जनयुद्ध दिवस भनेर विदा दिएका थिएनन् ।

प्रकाशित : २०७८ माघ २८, शुक्रबार २०:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ