छोरीलाई गुडिया ल्याईदिन्छु भनेर साउदी गएका यूवा आफै बाकसमा फर्किए !


नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० निवासी ३३ बर्षीय केशवप्रसाद महतो यसअघि पनि कतार, मलेसिया लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि नगएका होइनन् ।

वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक उनी डेढ महिना अघि वैदेशिक रोजगारीका लागि साउदी अरबिया गए । बीचको समयमा उनी नेपाल फर्किएर नेपालमै केही काम गर्ने भनेर स्थानीय स्तरमा इट्टा भट्टामा मजदुरी पनि गरेका थिए ।

तर संक्रमणको जोखिमका कारण बढ्दै गएको काम पाउनै मुस्किल बढ्दै गएपछि उनी पुन परिवारको खुसीका लागि विदेश गएका थिए । यस पटकको वैदेशिक रोजगारीको यात्रा भने उनको सुखद भएन ।

साउदी अरब गएको डेढ महिनामै उनको निधन भयो ।केशब साउदी पुगेको डेढ महिनामै सुतेकै अबस्थामा मृत भेटिएका थिए । रोजगारीको शिलशिलामा साउदी अरेबिया गएको डेढ महिनामा ज्यान गुमाएका कावासोतीका एक युवाको शब झन्डै एक महिनापछि घर आइपुगेको छ ।

कावासोती दश मगरकोट का केशब प्रसाद महतोको शब सोमबार घर आइपुगेको हो । केशब साउदी पुगेको डेढ महिनामै सुतेकै अबस्थामा मृत भेटिएका थिए ।

सोमबार केशब को शव बाकसमा आइपुग्दा पुरै गाउँ नै शोकमग्न अबस्थामा थियो । ३३ बर्षीय केशब प्रसाद महतोको दुइ छोरीहरु छन् । उनका छोरीहरु कक्षा ४ र नर्सरी अध्ययनरत छन् ।

केशब प्रसाद महतोको शव ल्याउनको लागि हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)द्वारा सन्चालित सुरक्षित आप्रबासन परियोजना मार्फत सहजिकरण गरेको थियो ।

क्षतिपूर्तिको लागि बैदेशिक रोजगार बोर्ड र इन्स्योरेन्स कम्पनीसँग कागजपत्रको प्रक्रिया अगाडि बढाईएको परियोजना सम्योजक रितुराम सोति थापाले बताए ।साउदीका एक होटलमा कार्यरत महताको पुस २२ गते खाना खाइसकेपछि सुतिरहेकै अवस्थामा निधन भएको हो ।

प्रकाशित : २०७८ माघ २९, शनिबार ०६:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ