मधेस : करेन्ट लागेर महतोको मृत्यु


जनकपुरधाम । सर्लाहीमा शनिबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने एक जना सिकिस्त भएका छन् ।

मृत्यु हुनेमा बागमती नगरपालिका ८ बस्ने २५ वर्षका रामु महतो रहेका छन् । नगरपालिकाको २ बस्ने कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर सिकिस्त भएका उनलाई स्थानीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ २९, शनिबार १५:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ