जनकपुरधाम आउँदै प्रचण्ड, के छ कार्यक्रम ? हेर्नुस्


जनकपुरधाम । आज अर्थात् आइतबार २७ औं जनयुद्ध दिवस । सातवटै प्रदेशमध्ये मधेस प्रदेशमा पहिलोपटक जनयुद्ध दिवस मनाइँदैछ ।

मधेस प्रदेश सरकारको मधेस सहिद प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाउँदैछ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् माओवादी जनयुद्धका तत्कालीन सुप्रिमो पुष्पकमल दाहाल ुप्रचण्डु सहभागी हुँदैछन् ।

प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेस भवनस्थित कभर्ड हलमा मध्याह्न १ बजे आयोजना गरिने कार्यक्रममा जनयुद्धमा सहादत प्राप्त गरेका मधेस प्रदेशका पाँच सय ४३ जनाका परिवारलाई जनही एक लाखका दरले आर्थिक सहायता प्रदान गरिनेछ ।

कार्यक्रममा प्रतीकात्मक रूपमा केही सहिद परिवारलाई प्रदान गरिने सो रकम आजपछिका दिनमा जिल्ला जिल्लामा वितरण गरिने प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले बताए । उनले सहिद परिवारलाई जनही तीन लाख रुपैयाँ दिइने जानकारी दिए ।

प्रचण्डलगायत माओवादी नेताहरूको सहभागितामा मधेस भवनमा आयोजित कार्यक्रमको सरकारी सञ्चारमाध्यमहरू टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

प्रकाशित : २०७८ फाल्गुन १, आईतवार ०८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ