राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर भन्दै प्रदर्शन, नेपाल आमा जिन्दावाद !


काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता खारेज गर्न माग गर्दै २० दल तथा समूहहरुको संयुक्त जनआन्दोलनले बिरोध प्रदर्शन गरेका छन् ।

एमसिसी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै विरोध प्रदर्शन गरिएको हो । र्‍यालीका क्रममा प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर’, ‘नेपाल आमा जिन्दावाद’, ‘मातृभुमिको रक्षा गरौं’, ‘एमसिसीको बिरोध गरौं’ जस्ता प्लेकार्डसहित नारा लगाएका थिए ।

प्रदर्शनकारीहरुले सोमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बिरोध र्‍याली निकालेका हुन् । एमसिसीलाई जस्ताको त्यस्तै पास गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल तथा संघसंस्थाहरुले बिरोध गर्दै आएका छन् ।

आगामी फागुन १६ भित्र संशोधनबिना नै एमसीसी पारित गर्नका लागि एमसिसीले नेपाललाई समयसीमा दिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन २, सोमबार १६:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ