मदन पुरस्कार विजेता शर्माको निधन


काठमाडौं । नेपाली साहित्यको झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक लेखक, निबन्धकार, कथाकार तारानाथ शर्माको निधन भएको छ।

उनको ८७ वर्षको उमेरका मंगलबार बिहान निधन भएको हो । इलामको बरबोटेमा जन्मेका उनले सँस्कृत शिक्षाबाट पढ्न सुरु गरेका थिए ।

शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीहरुसँग मिलेर ‘झर्रोवादी आर्दोलन सुरु गरेका थिए ।

उनले लेखेका ‘बेलायतीर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार प्राप्त गरेका हुन् । उनले ‘घनघस्याको उकालो काट्ता’ बाट नियात्रा लेख्न शुरु गरेका थिए ।

प्रकाशित : २०७८ फाल्गुन ३, मंगलवार १२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ