Breaking- एमसीसी भोलि संसद्मा टेबल गर्ने कांग्रेसको निर्णय


काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसद्मा टेबल गर्ने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिए । थापाका अनुसार बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले भोलिको प्रतिनिधिसभा बैठकमा परियोजना टेबल गर्ने जानकारी गराएका थिए ।

“आजको बैठकले एमसीसी परियोजना टेबल गर्ने निर्णय गर्‍यो । एमाले र माओवादी यसको पक्षमा उभिन्छन् भन्ने बैठकको विश्वास छ,” उनले भने, “प्रधानमन्त्री भोलि परियोजना टेबल हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ।”

प्रकाशित : २०७८ फाल्गुन ३, मंगलवार १३:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ