अब जनकपुरबाट सिधा पोखराका लागि उडान हुने


काठमाडौं । जनकपुर र पोखराबासीका लागि खुशीको खबर ! ब जनकपुरधामबाट सिधा पोखरा उडान सुरु गर्ने भएको छ ।

आगामी मार्च १ देखि जनकपुरधामबाट पोखराको सिधा उडान हुने भएको छ । बुद्ध एयरले जनकपुरधाम र धनगढीबाट पोखराका लागि उडान भर्ने जनाएको छ ।

शुरूमा सातामा ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरका कम्युनिकेशन अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए ।

साताको ३ दिन सोमबार, बिहिबार र शनिबार जनकपुरधाम र पोखरा उडान हुने र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबार हुने कर्णले भने ।

जनकपुरधामबाट सिधा पोखरा उडान हुने भएपछि, जनकपुरधामवासीमा हर्षित भएका छन् । यो लामो समयको प्रयास बल्ल सफल हुन लागेको छ ।

प्रकाशित : २०७८ फाल्गुन ३, मंगलवार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ