बाबुरामले भने- एमसीसीको समर्थन नगर्नेहरुले सरकार छाडे हुन्छ


काठमाडौं । सत्ताघटक जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकार बस्न उचित नभएको बताएका छन् ।

एमसीसी सहयोग परियोजना मात्रै नभएर देशको परराष्ट्र र विकास नीतिसँग जोडिएको भन्दै उनले एमसीसीको विरोध गर्नेहरुलाई सरकारबाट बहिरिन आग्रह गरेका हुन् ।

माओवादी केन्द्र र नेकपा एसलाई लक्षित गर्दै उनले सत्ताको तर मार्ने अनि बाहिर साखुल्ले बन्ने छुन नहुने बताएका हुन् ।

‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन–सरकारमा बस्न मिल्दैन !’ उनले भनेका छन् ।

उनले थपे, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो !’ माओवादी र नेकपा एसले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताइरहेको छ ।

प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार ०८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ