मलेसिया गएका एक नेपाली ९ बर्षदेखि सम्पर्क विहिन


धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष अघि मलेसिया पुगेका एक नेपाली सम्पर्क विहिन बनेपछि परिवार समस्यामा परेका छन् ।

मलेसिया पुगेका धनकुटा नगरपालिका २ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरि दिन सरकार सक्षम अनुरोध गरेका छन् ।

हर्कबहादुरकी आमा सुचिम्माका अनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् ।

हर्कवहादुरका दुई छोरा र एक छोरी छन् । हर्कबहादुरकी श्रीमतीले निशा राईले करिब ७ बर्ष पहिले आत्मह त्या गरेकी थिइन् ।

प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ