समाजवादी ईन्जिनियरिङ्ग एसोसिएसनको केस र मधेस संयोजकमा ई. यादव


सिबेन्द्र रोहिता, जनकपुरधाम । समाजवादी ईन्जिनियरिङ्ग एसोसिएसन नेपालको केन्द्रीय सदस्य र मधेस प्रदेश संयोजकमा ई. रोषण यादव मनोनित भएका छन् ।

एसोसिएसनका अध्यक्ष ई. गोविन्द पौडेल र महासचिव ई. विरोध रिजालले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्य र प्रदेश संयोजकको जिम्मेवारी ई. यादवलाई दिएको जानकारी दिएका हुन् ।

मुलुक निर्माणमा अग्रणी भूमिका रहने सम्पूर्ण इन्जिनियरिङ पेशाकर्मीहरूको साझा संगठन समाजवादी इन्जिनियरिङ् एसोसियसन नेपाल (सीन) को मिति २०७८ साल कार्तिक १४ गते काठमाडौँमा सम्पन्न भेलाबाट यस संगठनको केन्द्रिय समिति गठन भएको विज्ञप्तिमा उल्लेख छ ।

विगतको योगदान र हालको क्रियाशीलतालाई मूल्यांकन गरि समाजवादी इन्जिनियरिङ् एसोसियसन नेपाल (सीन) को केन्द्रिय कमिटी सदस्यको रुपमा ई. यादवलाई प्रदेश संयोजक र केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

सङ्गठनलाई रचनात्मक तवरले माथि उठाउन, समग्र इन्जिनियरिङ् क्षेत्रमा सकारात्मक प्रभाव पार्न तथा मुलुकको समाजवादी यात्रामा ई. यादवको महत्वपूर्ण योगदान रहने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ ।

प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार २१:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ