भन्सार एजेन्ट परीक्षाका केन्द्र तोकियो, हेर्नुस् डिटेल


काठमाडौं । भन्सार विभागले फागुन २८ गते हुने भन्सार एजेन्ट परीक्षाका केन्द्र तोकेको छ ।

यसअघि तोकेको परीक्षा कोभिडका कारण हुन नसकेकपछि नयाँ केन्द्र तोकेको हो । परीक्षामा लोक सेवा आयोगको कोभिड-१९ सम्बन्धि मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

विभागले २०७७ चैत १६ गते सूचना जारी गर्दै ६ सय ६० जना भन्सार एजेन्ट मागको विज्ञापन निकालेको थियो । परीक्षा काठमाडौंका विभिन्न ठाउँमा रहेका कार्यालयहरूमा हुने छ ।

प्रवेशपत्र विभागको वेबसाइटबाट लिन सकिने जनाएको छ । लिखित परीक्षामा पास भएपछि मौखिक अन्तर्वार्ता हुनेछ ।

अन्तर्वार्ता पास भएपछि नतिजा प्रकाशित भएको ९० दिनभित्र लाइसेन्सबापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ भन्सार विभागलाई बुझाउनु पर्छ ।

प्रकाशित : २०७८ फाल्गुन ५, बिहीबार १२:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ