प्रचण्डलाई देउवाले भने- ….यो पनि मान्नुहुन्न भने सरकार छाड्न सक्नुहुन्छ


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गरिछाड्ने बताएका छन् ।

देउवाले एमसीसी संसदमा टेबल गर्न सहयोगका लागि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह समेत गरेका छन् ।

सत्ता साझेदार माओवादी केन्द्रले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय लिएपछि प्रधानमन्त्री देउवाले तीन वटा विकल्पबारे प्रचण्डसँग छलफल गरेका छन् ।

माओवादी संसदीय दलको बैठकपछि बुधबार मध्यान्ह बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्ने भए छोड्न तीन विकल्प राखे ।

प्रकाशित : २०७८ फाल्गुन ५, बिहीबार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ