जनकपुर : प्रहरीले समाते ९ काटुन अण्डा


टुडेखोज, जनकपुरधाम । भारतबाट भन्सार छलेर ल्याएको अण्डा धनुषा प्रहरीले बरामद गरेको छ ।

जनकपुरधाम ४ स्थित विश्वकर्मा चोकबाट ९ काटुन अण्डा प्रहरीले वरामद गरेको हो । बरामद अण्डा आवश्यक कारवाहीका लागि पशुपंक्षी क्वाराईन्टाईन कार्यालय, जनकपुरधाममा बुझाइएको छ ।

भारतबाट व्यापारीले अण्डा ल्याउदा नेपालका व्यावसायी भने समस्यामा पर्ने गरेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन ५, बिहीबार २१:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ