Good News: ओमान विरुद्ध नेपालको शानदार जित


काठमाडौं । एक सय १७ रनको मध्यम स्कोरमा समेटिएपछि लागेको थियो, नेपालले ओमानसँगको खेल गुमायो । तर नेपाली बलरहरुले ओमानी ब्याटरहरूविरुद्ध यसरी कसिलो बलिङ गर्यो की नेपाल उनीहरु ७८ रनमा समेटिन पुग्यो ।

आईसीसी विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको नेपाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनायो ।

एक सय १८ रनको सामान्य मानिएको लक्ष्य पछ्याउन आएको ओमानले १७ ओभरमा ७८ रनमा अलआउट हुन पुग्यो। नेपाललाई जिताउन कमल सिंह ऐरी, जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछाने, अभिनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

नेपाली इनिङ
यसअघि पहिलो ब्याटिङ गरेको नेपाल ओमानको अल अमरेत क्रिकेट मैदानमा कुनै पनि ब्याटरले इनिङ सम्हाल्ने प्रदर्शन गर्न सकेनन् ।

खेलाडीहरू एकपछि अर्को गर्दै निरन्तर रुपमा आउट हुनपुगे । त्यसको शुरुआत पहिलो ओभरबाटै भएको थियो। पहिलो ओभरको अन्तिम बलमा तेज बलर बिलाल खानको बलमा आसिफ शेख (४ रन) मिड अनमा समातिन पुगेका थिए।

तेस्रो ओभरमा नेपालले विस्फोटक ओपनर कुशल भुर्तेल ( ५ रन )लाई पनि गुमाउन पुग्यो। उनी पनि बिलाल खानकै शिकार भए। धरमराएको ब्याटिङ सम्हाल्न आएका ज्ञानेन्द्र मल्ल (१५ रन) र दिपेन्द्र सिंह ऐरी (११ रन) बाहिरिएपछि नेपाल ४० रनमा ४ विकेट गुमेको खराव अवस्थामा पुगेको थियो।

चार देशीय शृङ्खलामा ऐरीले ओमान विरुद्ध उत्कृष्ट ७५ रन बनाएका थिए। सङ्कटमा परेको नेपालको ब्याटिङलाई आरिफ शेखले उकासेका थिए। उनले ३७ बलमा २ चौका सहित ३८ रन प्रहार गरे।

पूरा ओभर खेलेका उनी इनिङको अन्तिम बलमा रन आउट हुन पुगेका थिए। लोकेश बम १६ रन र विवेक यादवले ७ रन जोडे। कप्तान लामिछानेले एक चौका र एक छक्का हान्दै ७ बलमा १६ रन बनाए।

ओमानको बलिङमा पाकिस्तानी मूलका बिलाल खानले नेपालको प्रारम्भिक जोडीलाई ध्वस्त पारेर नेपालको इनिङ लडखडाइ दिएका थिए।

त्यस्तै खबर अलीले ३ विकेट लिँदै मध्यक्रमको विकेट कब्जा गरेका थिए। नेपालले अब छनोटको समूह ए मा रहेका क्यानडा र फिलिपिन्ससँग खेल्न बाँकी छ ।

प्रकाशित : २०७८ फाल्गुन ६, शुक्रबार १५:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ