सर्लाही प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन


सर्लाही । प्रादेशिक अस्पताल मलङ्गवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।

कोरोना भाइरसको स‌ंक्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको अन्तिममा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा अस्पतालमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन ।

प्लान्टको लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान र विद्युत्लगायतको व्यवस्थापनका कारण अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको प्रदेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताए ।

प्रदेश सरकारले ५० लाखमा खरिद गरेर दिएको अक्सिजन प्लान्ट दैनिक २० सिलिण्डर बराबर अक्सिजन उत्पादन गरी वितरण गर्न सकिने मेडिकल सुपरिटेन्डेन्ट डा झाले जानकारी दिए ।

सिलिण्डरमा भर्नका लागि थप अक्सिजन ट्याङ्क राख्नुपर्ने प्रमुख झाले जानकारी दिए । मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री नवलकिशोर साहले सो प्लान्टको शुक्रबार उद्घाटन गरे । रासस

प्रकाशित : २०७८ फाल्गुन ७, शनिबार ०७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ