मधेस : माछा बोक्ने गाडीमा गाँजा ओसारपसार, दुई जना पक्राउ


जनकपुरधाम । सर्लाहीमा माछा बोक्ने गाडीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ ।

लालबन्दी नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो ।

प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त गाडीलाई चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

गाँजा बरामद भएपछि गाडी चालक धादिङको सिद्धलेक गाउँपालिका ६ बस्ने २२ बर्षीय सुरेन्द्र बिक, सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका २ का ४८ बर्षीय भीमलाल मोक्तानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ८५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

प्रकाशित : २०७८ फाल्गुन ७, शनिबार १४:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ