Breaking- संसदमा एमसीसी पेस गर्न दिने एकीकृत समाजवादीको निर्णय


काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न नदिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् । तर, नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ ।

‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ’, खतिवडाले भने । बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ ।

‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । संशोधन नगरी हुन्न,’ खतिवडाले भने । एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।

प्रकाशित : २०७८ फाल्गुन ७, शनिबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ