हरिवन नगरपालिका जिल्लाकै उत्कृष्ट


सर्लाही । सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ ।

नगर विकास कोषले आफ्नो ३४औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको हो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेललाई उक्त कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये उक्त नगरपालिकाले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदरपत्र प्रदान गरिन् ।

उक्त कोषको लगानीमा हरिवन नगरपालिका–११ को बजारमा सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गर्नाका साथै अन्य योजना पनि सञ्चालनमा रहेका नगरप्रमुख गणेशप्रसाद प्रसाईंले जानकारी दिइन् ।

यसअघि उक्त कोषको ३३औँ वार्षिकोत्सवमा लालबन्दी नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको थियो ।

कोषले लगानी गरेका योजनाको अनुगमन गरी सफल कार्यक्रम सञ्चालन गरिएका आधारमा मूल्याङकन गरी उत्कृष्ट घोषणा गर्दै आएको छ ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार ०७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ